ऐतिहासिक जीत निकाल्न चुक्यो नेपाल, काभा वुमन्स नेसन्स लिगको उपाधी भारतलाई
काठमाडौं– काभा वुमन्स नेसन्स लिग भलिबलको उपाधि भारतले जीतेको छ । काठमाडौंको त्रिपुरेश्वरको कबर्ड हलमा बुधबार भएको खेलमा ३–२ को सेटमा नेपाललाई हराउँदै भारतले लिगको उपाधि जीतेको हो ।
अन्तिम सेटमा भारतले नेपाललाई (१५–६) को फराकिलो अन्तरले पराजीत गर्दै उपाधी जितेको हो । खेलमा भारतले २३–२५, २५–१४, २२–२२, २५–२१ र १५–६ को जित निकालेको छ ।
पाँच देश सहभागी लिगमा इरान तेस्रो, श्रीलंका चौँथो र माल्दिप्स अन्तिम स्थान हात पारेका छन् ।
यसपटक घरेलु मैदानमा नेपाललाई उपाधि हात पार्ने मौका नेपाललाई मिलेको थियो । लिग चरणको खेलमा ३–२ को सेटले ऐतिहाहिक जीत निकालेकोे नेपालले भारतलाई जित्ने उच्च मनोबलका साथ मैदानमा उत्रिएको थियो । तर सोचेअनुसार खेल नेपालको पक्षमा हुन सकेन । यसअघि सन् २०१९ मा नेपालमा आयोजना भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) को फाइनलमा नेपाल र भारतको भेट भएको थियो । उक्त खेल पनि त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा भएको थियो । भारतविरुद्धको फाइनलमा जितको नजिक पुगेर पनि नेपाली टोली ३–२ सेटमा पराजित भएको थियो।
सागको १४ औं संस्करण आयोजनाको टुंगो नलागेको अवस्थामा अब फेरी भारतलाई जित्न आजको जस्तो मौका फेरी नेपालले कहिले पाउँछ भन्ने टुङ्गो छैन ।