Logo

विद्युतीय धरापका कारण छावाको मृत्यु भएको खुलासा

मोरङ– मंगलबार मोरङको बेलबारी नगरपालिका–३ मा मृत भेटिएको हात्तीको बच्चा (छावा) विद्युतीय धरापका कारण मरेको खुलेको छ ।

प्रारम्भिक अनुसन्धाका क्रममा न्याउरीमुसोका लागि थापेको विद्युती धरापमा परेर हात्ती मरेको देखिएको सब डिभिजन वन कार्यालय बेलबारीका प्रमुख वन अधिकृत दिपेशकुमार मिश्रले जानकारी दिए ।

पासो थापेको आरोपमा बेलबारी नगरपालिका–३ का ४६ वर्षीय तेजबहादुर राईलाई पक्राउ गरी कारवाहीका लागि वन कार्यालय बुझाइएको छ । राईविरुद्ध वन कार्यालयले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ अन्तर्गत अनुसन्धान सुरु गरेको छ ।

मंगलबार बिहान स्थानीय विनोद थापाको बगानभित्र अन्दाजी २–३ वर्षको पोथी छावा मृत फेला परेको थियो । छावा मृत फेला परेको घटनास्थल राईको घरदेखि लगभग २० मिटरको दुरीमा छ । घरमा पालेका कुखुरा न्याउरीमुसोले खाएर दुख दिएपछि न्याउरी मार्नका लागि पासो थापेको देखिएको बस्नेतले बताए ।

 

प्रतिक्रिया दिनुहोस्