स्पेनका कान्छा खेलाडी लामाइन यमालका बुबामाथी छुरा प्रहार

648
Shares

काठमाडौं– युरोकप २०२४ मा उत्कृष्ट प्रदर्शन गरेर संसारभरी चर्चित बनेका १७ वर्षीय स्पेनिस फुटबल स्टार लामाइन यमालका बुबामाथी छुरा प्रहार भएको छ । उनलाई एक कार पार्किङ स्थलमा धेरै पटक छुरा प्रहार गरेको बताइएको छ ।

स्पेनिस मिडियाका रिपोर्टलाई उदृत गर्दै बिबिसीले यामालका बुबा मौनिर नसराउईमाथि बार्सिलोनाको उत्तरमा रहेको माटारोको तटीय शहरमा बुधबार राति एक समुहले आक्रमण गरेको हो । उनीमाथि आक्रमण गरेको समुहसँग उनले अघिल्लो दिन कुरा गरेको समेत बताइएको छ ।

यामालका बुबामाथी छुरा प्रहार गर्ने तीन जनालाई क्याटालान प्रहरीले बुधबार पक्राउ गरेका थिए । बाँकी एक जनालाई बिहिबार पक्राउ गरिएको छ । नासरौईलाई गम्भीर अवस्थामा बार्सिलोनाको एक अस्पतालमा पुर्याइएको थियो । हाल उनी खतरामुक्त अवस्थामा छन् ।

घटनाको अघिल्लो दिन नसराउईले आफ्नो कुकुरलाई डुलाइरहेको क्रममा मानिसहरूको समूहसँग झगडा गरेको स्पेनी पत्रिका एल पेसले लेखेको छ । झगडा वरेको केही घण्टापछि कार पार्कमा बोलाएर सोहि समुहले पटक पटक छुरा प्रहार गरेको हो ।

स्पेनका सबैभन्दा कान्छो खेलाडी लामाइन यामालले युरो २०२४ को उपाधि जितेका थिए । जहाँ उनी प्रतियोगिताको कान्छो खेलाडी घोषित भएका थिए।