सहकारी ठगी प्रकरणः फलफूल खाँदै, बयान दिँदै

504
Shares

काठमाडौं– नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारीका महासचिवसमेत रहेका दीपेश पुनले सहकारी ठगी प्रकरणको छानबिन गर्न गठित समितिलाई बयान दिएका छन् । सिंहदरबारमा आज उनले समितिलाई बयान दिएका हुन् ।

सरकारले सहकारीको ठगीबारे छानबिन गर्न एमाले सांसद सूर्य थापाको नेतृत्वमा एक समिति बनाएको छ । सो समितिले सहकारी ठगीमा मुछिएर थुनामा रहेकाहरुसँग पनि बयान लिईरहेको छ । बयान दिन पुगेका पुनले फलफूल खाँदै बयान दिएका छन् ।

पुन बुटवलको सुप्रिम सहकारीका सञ्चालक थिए । सहकारी ठगी सम्बन्धमा छानबिनका लागि पुनलाई गत २०८० चैत्र २ गते काठमाडौंबाट पक्राउ गरिएको थियो । पुन सञ्चालक रहेको सुप्रिम सहकारीबाट गोरखा मिडियामा गैर कानूनी ढंगले कर्जा प्रवाह भएको थियो ।

पुन पूर्व उपपराष्ट्रपति नन्दबहादुर पुनका छोरा हुन् । दीपेश केही महिनादेखि सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा छन् ।

तस्विर: मुकुन्द कालिकोटे/ रिपोर्टर्स नेपाल