Logo

ओडिआई खेल्न नेपाली टोली क्यानडा भोली प्रस्थान गर्दै, खेलमा दुई खेलाडीको पुनरागमन

काठमाडौं– आइसिसी विश्वकप लिग–२ अन्तर्गत क्यानडा र ओमानविरूद्धको त्रिकोणात्मक एकदिवसीय सिरिज (ओडिआई)का लागि नेपाली राष्ट्रिय टोली घोषणा गरिएको छ।

क्यानडामा हुने एकदिवसीय सिरिज भदौ ३१ देखि सुरू हुनेछ। त्यसका लागि नेपाली टोली भोलि क्यानडा प्रस्थान गर्दैछ । असोज १० गते एकदिवसीय सिरिज सकिएपछि असोज १२ बाट यी दुई देशहरुसँगै टी–२० सिरिज सुरु हुनेछ।

दुवै सिरिज नेपालले चार–चार खेल गरी कुल ८ खेल खेल्नेछ। उक्त खेल खेल्न टोलीमा तीव्र गतिका बलर रिजन ढकाल र विकेटकिपर ब्याटर अर्जुन साउदले पुनरागमन गरेका छन्।

भोली त्रिकोणात्मक खेल खेल्न प्रस्थान गर्ने टोलीमा रोहित पौडेलको (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, अनिल साह, भीम सार्की, आरिफ शेख, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, अर्जुन साउद, सोमपाल कामी, करण केसी, गुल्सन झा, रिजन ढकाल, सन्दीप लामिछाने, ललित राजवंशी, देव खनाल (ट्राभलिङ रिजर्भ) रहनेछन् ।

 

प्रतिक्रिया दिनुहोस्