सहकारी विकास बोर्डको अनधिकृत संरचनामा ललितपुर महानगरपालिकाको डोजर


ललितपुर– राष्ट्रिय सहकारी विकास बोर्डको अनधिकृत संरचनामा ललितपुर महानगरपालिकाले डोजर चलाएको छ ।

ललितपुरको हरिहर भवनस्थित विकास बोर्डको अनधिकृत संरचनामा आइतबार ललितपुरको नगरप्रहरीले डोजर चलाएको छ । नगरप्रमुख सीताराम हाछेथुको नेतृत्वमा आएको नगर प्रहरीले डोजर चलाएको हो ।

मापदण्ड विपरीत रहेको उक्त संरचना भत्काउन अदालतले आदेश दिएसँगै डोजर चलाएको ललितपुर महानगरपालिकाले जनाएको छ ।