रवि पक्राउ पर्दा रास्वपाका नेताहरुले अनावश्यक हो हल्ला गरेको देउवाको आरोप


काठमाडौं– सत्तारूढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सभापति पक्राउ पर्दा रास्वपाका नेता तथा कार्यकर्ताहरुले अनावश्यक हो हल्ला गरेको आरोप लगाएका छन् । उनले कांग्रेसका नेताहरूलाई मुद्दा लाग्दा आफूहरुले कहिल्यै हल्ला नगरेको भन्दै रास्वपालाई पनि हल्ला नगर्न सुझाव दिएका छन् ।

उनले लामिछानेले अदालती प्रक्रियालाई सघाउनुपर्ने टिप्पणी गरे । गृहजिल्ला जाने क्रममा धनगढी विमानस्थलमा पत्रकाहरुसँगको कुराकानीमा देउवाले यस्तो बताएका हुन् । उनले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार निर्वाध रुपमा अघि बढ्ने र कांग्रेस–एमालेबीच भएको ७ बुँदे सहमति पूर्ण रुपमा कार्यान्वयन हुने स्पष्ट पारे ।