काठमाडौं– आईसीसी यु–१९ महिला टी–२० विश्वकप एसिया छनोट अन्तर्गतको खेलमा नेपालले कुवेतलाई २१४ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ ।
टस जितेर सुरुआतमा ब्याटिङ गरेको नेपाली टिमले निर्धारित २० ओभरमा २ विकेट गुमाएर २१३ रन जोड्यो । नेपाली टिमका लागि कप्तान पूजा महतोले शानदार प्रदर्शन गरिन् । करियरकै पहिलो शतक हिर्काएकी पूजाले ६९ बलमा १३० रनको विशाल स्कोर जोडिन् । त्यसक्रममा उनले १७ चौका हिर्काएकी थिईन् । त्यस्तै उपकप्तान सोनि पाख्रिनले ४३ रन थपिन् । दोस्रो विकेटका लागि सोनि र पूजा मिलेर ८४ बलमा १५७ रनको साझेदारी गरेका थिए ।
सावित्रि धामीले ११ र सान प्रविनले ६ रन बनाए । कुवेतकी जिफा जिलानी र रेलिन मारिया डी सोउजाले एकरएक विकेट लिए ।
प्रतियोगितामा चारमध्ये तीन खेल जितेको नेपालले यसअघि पहिलो खेलमा कुवेतलाई १०८ रनले हराएको थियो । नेपाल ४ खेलबाट ६ अंकसहित दोस्रो स्थानमा छ । कुवेत भने लगातार चार हार व्यहोर्दै अंकविहीन छ ।
प्रतिक्रिया