काठमाडौं– यात्रुहरूबाट बढी भाडा लिएको आरोपमा पर्सामा दुई जना पक्राउ परेका छन् । वीरगञ्ज महानगरपालिका–९ का ६५ वर्षीय अशोक गुप्ता र वीरगञ्ज महानगरपालिका–१६ का ४० वर्षीय विजय साहलाई यात्रुसँग बढी भाडा लिएको भन्दै प्रहरीले पक्राउ गरेको हो ।
वीरगञ्ज बसपार्कमा सार्वजनिक बस, हाइस तथा सुमोमा सर्वसाधारण यात्रुहरूसँग मापदण्ड विपरीत बढी भाडा लिने गरेको भन्ने सूचनाको आधारमा पुगेको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो । लामो दूरीका सार्वजनिक सवारी साधन छुट्ने काउन्टरबाट उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया