एनपीएलका फ्रेन्चाइज समूहले यू–१९ महिला टोलीलाई संयुक्त रुपमा १० लाख दिने

648
Shares

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल)का आठ फ्रेन्चाइजले विश्वकपमा छनोट भएर इतिहास रच्‍न सफल नेपाली यू–१९ महिला टोलीका सदस्यहरुलाई संयुक्त रुपमा १० लाख रुपैयाँ पुरस्कार दिने भएका छन् ।

ऐतिहासिक उपलब्धीको सम्मान स्वरुप एनपीएलका सबै आठ फ्रेन्चाइज टोलीहरुले संयुक्त रुपमा १० लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेका हुन् ।

नेपालले बुधबार भएको खेलमा यूएईलाई पराजित गर्दै आगामी वर्ष जनवरीमा हुने आईसीसी यू–१९ महिला टी–२० विश्‍वकपमा स्थान पक्का गरेको थियो ।