स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणः छविलाई काठमाडौं ल्याइँदै


काठमाडौं– सहकारी ठगी प्रकरणमा कास्की प्रहरीको हिरासतमा रहेका नेपाल प्रहरीका पूर्व पूर्वडीआईजी छविलाल जोशीलाई काठमाडौं ल्याइने भएको छ । काठमाडौंको कालिमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी ठगी प्रकरण अनुसन्धानका लागि उनलाई काठमाडौं ल्याउन लागिएको हो ।

सहकारी ठगी प्रकरणमै पक्राउ परेर कास्की प्रहरी हिरासतमा रहेका रवि लामिछानेविरुद्ध पनि स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी ठगीमा काठमाडौं जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको छ । तर, रविलाई पोखरा नै छाडेर छविलाई मात्रै आज काठमाडौं ल्याउन लागिएको हो ।

स्वर्णलक्ष्मी सहकारीका कोषाध्यक्ष कुमार रम्तेलसँग काठमाडौं प्रहरीले बयान लिइसकेको छ । रवि र छवि गोर्खा मिडिया नेटवर्कका तत्कालीन शेयर धनी हुन् । रवि शेयर धनीसँगै प्रबन्ध निर्देशक थिए भने छवि सञ्चालक थिए । स्वर्णलक्ष्मी सहकारीबाट गोर्खा मिडियामा १ करोड ८२ लाख अवैध रुपमा लगिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।