काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सरकारविरुद्ध ७ मिनेट खबरदारी घण्टी बजाउने भएको छ । रास्वपाले मंगलबार बेलुकी ७ बजे सरकारविरुद्ध ७ मिनेट खबरदारी घण्टी बजाउन लागेको हो ।
रास्वपाले आज बेलुकी ७ बजे आफ्नो घरमा र सम्भव हुने टोलको चोकमा जम्मा भई ७ मिनेट घन्टी बजाउन नेता तथा कार्यकर्ता र शुभेच्छुकलाई आग्रह गरेको छ । रास्वपाले यसलाई ‘भ्रष्ट सरकारको सर्वसत्तावाद र राजनीतिक प्रतिशोध’ विरुद्धको खबरदारीको संज्ञा दिएको छ ।
रास्वपा सभापति, पूर्व उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने सहकारी ठगी र सांगठित अपराधको छानविनका लागि कास्की प्रहरीको हिरासतमा छन् । रास्वपाले यसलाई प्रतिशोधको संज्ञा दिँदै आएको छ ।
प्रतिक्रिया