भृकुटीमण्डपबाट दरबारमार्गमा सार्यो एमालेले ‘जागरण सभा’ को स्थान


काठमाडौं– नेकपा एमालेले मंसिर ७ गते गर्न लागेको सभाको स्थान परिवर्तन गरेको छ । काठमाडौं, ललितपुर र भक्तपुर तीन जिल्ला कमिटीको आयोजनामा भृकुटीमण्डपमा गर्ने भनिएको सभा दरबारमार्गमा आयोजना गर्न लागेकफ हो ।

उक्त सभालाई ‘जागरण सभा’ नाम दिइएको छ ।

सभा अघि र्‍याली हुने छ । भद्रकालीबाट सुरु हुने र्‍याली सुन्धारा, वीर अस्पताल, रत्नपार्क, घण्टाघर हुँदै दरबारमार्गमा पुगेर सभामा परिणत हुनेछ । सभालाई पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीसहितका एमाले नेताहरुले सम्बोधन गर्ने छन् ।