काठमाडौं– सुनसरीको रामधुनी नगरपालिका–२ शिवचोकस्थित स्कोरपियो गाडीले सिटी सफारीलाई ठक्कर दिँदा सफारी चालकको मृत्यु भएको छ।
रामधुनी नगरपालिका शिवचोकबाट पश्चिमदेखि पूर्वतर्फ जाँदै गरेको प्रदेश १– २००४ ख ४३१५ नम्बरको सिटी सफारीलाई पूर्वतर्फ जाँदै गरेको युपी १६ इके १९८९ नम्बरको भारतीय स्कोरपियोले सिटीलाई मंगलबार ठक्कर दिँएको थियो । दुर्घटनामा सफारी चालक रामधुनी नगरपालिका–९ निवासी ३६ वर्षीया सोनियाकुमारी चौधरीको मृत्यु भएको छ ।
स्कोरपियो गाडी ठक्करबाट गम्भीर घाइते उनलाई उपचारका लागि झुम्कास्थित स्थानीय अस्पतालमा लगिएको थियो । त्यहाँ उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
ठक्कर दिने गाडी र चालक भारत बिहार सीतामढी सोनबरजा बस्ने ३४ वर्षीय अनिरुद्र सुढीलाई नियन्त्रणामा लिएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया