सहकारी पीडित प्रहरीबीच माइति घरमा झडप


काठमाडौं– काठमाडौंको माइति घर मण्डला सहकारीपीडित र प्रहरीबीच झडप भएको छ । सहकारीमा बचत गरेको आफ्नो रकम फिर्ता हुनुपर्ने माग राखेर र्याली निकाल्दै ललितपुरबाट काठमाडौंको माइति घर मण्डला पुगेका सहकारी पीडितहरू र प्रहरीबिच बुधबार दिउँसो झडप भएको हो ।

झडपमा परेर केही प्रर्दशनकारी घाइते भएका छन् । प्रर्दशनमा उत्रिएका सहकारीपीडितले निशेधाज्ञा तोड्ने प्रयास गर्दा प्रहरीले बल प्रयोग जनाएको छ ।

सहकारी पीडितहरूको यो आन्दोलन निर्णायक आन्दोलन रहेको बताउँदै आजदेखि काठमाडौंकेन्द्रित आन्दोलन सुरु गरेको हो । प्रदर्शनका सहभागीहरूले पीडितहरुको बचत फिर्ता सुनिश्चित गर, सहकारीको हालको ऐन खारेज गर, सहकारी समस्या छिटो समाधान गर लगायतका प्लेकाड प्रदर्शन गरेका थिए ।

माइतीघरमा प्रदर्शन गरेपछि सहकारीपीडितहरू नयाँबानेश्वरतर्फ अघि बढेका थिए । सो क्रममा प्रहरीले रोक्न खोज्दा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको हो ।