काठमाडौं– दक्षिण एशियाली फुटबल महासङ्घ (साफ)ले २० वर्षमुनिको महिला च्याम्पियनशिप बङ्गलादेशमा आयोजना गर्ने भएको छ ।
२० वर्षमुनिको महिला साफ च्याम्पियनशिप बङ्गलादेशमा गर्ने साफ कमिटिले तय गरेको हो ।
प्रतियोगिता सन् २०२५ फेब्रुअरी ११ गतेदेखि २५ तारिखसम्म हुनेछ । यस्तै बैठकले १९ वर्षमुनिको पुरुष साफ च्याम्पियनशिप भने भारतमा गर्ने निर्णय गरेको छ ।
यो प्रतियोगिता सन् २०२५ को नोभेम्बर ५ देखि १५ तारिखसम्म हुनेछ ।
प्रतिक्रिया