काठमाडौं– प्रधानमन्त्री केपि शर्मा ओलीविरुद्ध भ्रम फैलाएको आरोपमा प्रहरी हिरासतमा रहेका दुर्गा प्रसाईंले समर्थकलाई सम्बोधन गरेर लामो पत्र लेखेका छन् । आफ्नो हिरासतको अनुभूतिसहितको पत्र उनले सचिवालयमार्फत आफ्नो फेसबुकबाट सार्वजनिक गरेका हुन् ।
उनले लेखेका छन्, ‘हिरासत नजाँदा सम्म सरकारले सत्य बोलेकोमा सजाय स्वरूप उपहार दिन कतिबेला भर्याङ चढेर आउँछ अनि हिरासत लिएर जान्छ भन्ने कौतुहलता हुँदोरहेछ। अन्ततः हिरासतमा आइसकेपछि क्षणिक कौतुहलता मेटिएर जाँदो रहेछ अनि एकाग्र र अनगिन्ती प्रश्नले मन पिरोलिँदो रहेछ।’
हिरासत भित्रको अँध्यारो कोठाभित्र हिजो (शनिबार) बिपी ९बिपी कोइराला० को आत्म वृत्तान्त पढेर सकेको बताएका छन् । ‘मलाई बिपीको आत्म वृत्तान्त खुब मन पर्यो र आत्म वृत्तान्त पढेर सक्दा एकोहोरो उहाँमा असीमित सम्मान जागेर आएको छ’, उनले भनेका छन् ।
लाउँलाउँ र खाउँखाउँको यौवन अवस्थादेखि बिपीले दक्षिण एसियाका नागरिकको मुक्तिका लागि आफ्नो जीवन समर्पित गरेको पुस्तकबाट आफूले थाहा पाएको उनले बताएका छन् ।
उनले प्रधानमन्त्री केपी शर्मा ओलीसँग जोडिएको कम्बोडियाको लगानीबारे आफूले सार्वजनिक गरेको प्रमाण १०० प्रतिशत सत्य भएको दाबी ग्ेका छन् ।
आफूले आफ्नो समय र धनको लगानी गरेर प्रमाण जुटाएको भन्दै तथ्य छानबीनको माग गरेका छन् ।
प्रतिक्रिया