काठमाडौं– ‘अन्तर्राष्ट्रिय युवा शिविर २०२५’ चितवनको सौराहामा हुनेभएको छ । आगामी पुस १९ गतेदेखि २१ गतेसम्म आयोजना हुने शिविर लाईन्स ईन्टरनेसनल अन्तरगतको लियो डिस्ट्रिक काउन्सिल ३२५ एल नेपालले आयोजना गर्न लागेको हो ।
सामाजिक भावनाको विकास गर्दै युवालाई पर्यावरणीय मुद्दामा समाहित गर्न शिविरको आयोजना गर्न लागेको आयोजकले जनाएको छ । विशेषगरी युवा नेतृत्व विकास,क्षमता विकास ,पर्यावरण ,सामाजिक जागरणमा युवा सहभागीता गराउने उदेश्य शिविरको रहेको छ।
तीन दिनका लागि सौराहामा आयोजना गरिने शिविरमा ६० जना युवाहरु छनौट हुनेछन् । छनौटमा परेकालाई प्रशिक्षणका साथै छात्रवृत्तिको समेत व्यवस्था गरिएको छ। शिविरमा सहभागी हुन विश्वभरबाट १५ सय युवाहरूको आवेदन आउने अपेक्षा आयोजकले गरेको छ ।
शिविरमा १८ देखि ३० वर्षको उमेर समूहले अनलाइन माध्यमबाट आवेदन दिन सक्नेछन् । कार्यक्रमले युवालाई सिर्जनात्मक र जिम्मेवार बन्न अभिप्रेरित गर्ने बताइएको छ ।
प्रतिक्रिया