४ अरब ४९ करोड ४५ लाख ६८ हजार ८३४ रुपैयाँ फिर्ता गराइदिन काठमाडौँ महानगरपालिकामा निवेदन


काठमाडौँ काठमाडौँ महानगरपालिकामा ४ अरब ४९ करोड रुपैयाँ बचत रकम फिर्ता गरिदिन माग गर्दै ६,२६६ जना बचतकर्ताले निवेदन दिएका छन्। बुधबार ११८ वटा सहकारी संस्थाका बचतकर्ताहरूले महानगरपालिकाको सहकारी विभागमा यो निवेदन दर्ता गराएका हुन्।

बचतकर्ताहरूले सहकारी संस्थाहरूमा रहेको ४ अरब ४९ करोड ४५ लाख ६८ हजार ८३४ रुपैयाँ फिर्ता गराइदिन आग्रह गरेका छन्। यो निवेदन ११८ वटा सहकारी संस्थाका पीडित बचतकर्ताहरूको तर्फबाट महानगरपालिकाको सहकारी विभागमा पेश गरिएको हो। काठमाडौँ महानगरपालिकाले सहकारी संस्थामा भएको अनियमितताका सम्बन्धमा अनुसन्धान र कारबाहीका लागि यी संस्थाका फाइलहरू प्रहरीमा पठाइसकेको छ।