धनगढीमा ट्याक्टरको ठक्करबाट ७५ वर्षीय पैदलयात्रीको मृत्यु

432
Shares

काठमाडौँ- धनगढी उपमहानगरपालिका–३ रानामार्गस्थित सडकमा से २ त २२७९ नम्बरको ट्याक्टरको ठक्करबाट ७५ वर्षीय पैदलयात्री प्रकाश केसीको सोमबार बिहान मृत्यु भएको छ।

प्रकाश केसी गम्भीर घाइते भएर मायामेट्रो अस्पताल धनगढीमा उपचारका लागि लगिएका थिए, जहाँ उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक कविन्द्र वोहराले जानकारी दिएका छन्।

घटनामा संलग्न ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ र थप अनुसन्धान भइरहेको छ।