काठमाडौँ- भारतले १२ वर्षपछि आइसिसी च्याम्पियन ट्रफीको उपाधी जितेको छ। आइतबार भएको फाइनलमा न्युजिल्यान्डलाई चार विकेटले हराउँदै भारतले यो उपाधि जितेको हो। यसअघि भारतले सन् २०१३ मा महेन्द्रसिंह धोनीको कप्तानीमा इङ्ल्यान्डलाई पाँच रनले हराउँदै च्याम्पियन ट्रफी जितेको थियो।
यसपटक, भारतले न्युजिल्यान्डको २५२ रनको लक्ष्य पछ्याउँदै ४९ ओभरमा ६ विकेट गुमाएर २५४ रन बनायो। भारतको जितमा कप्तान रोहित शर्माको महत्वपूर्ण भूमिका थियो, जसले ८३ बलमा ७६ रन बनाए। उनका साथमा श्रेयस अय्यर ४८, शुभमन गिल ३१, अक्षर पटेल २९ र हार्दिक पाण्ड्या १८ रनमा आउट भए। केएल राहुल ३४ र रविन्द्र जडेजा ९ रनमा अविजित रहे।
न्युजिल्यान्डले पहिले ब्याटिङ गर्दै २५१ रन बनाएको थियो, तर भारतले अन्तिम ओभर बाँकी रहँदै चार विकेटले जित हासिल गर्यो।
यस जितसँगै भारतले चौथोपल्ट आइसिसी च्याम्पियन ट्रफीको उपाधि जितेको हो।
प्रतिक्रिया