काठमाडौं । काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र साह बालेनले दुई घन्टामै झन्डै डेढ लाख रियाक्सन पाएको स्टाटस हटाएका छन् । बालेनले शनिबार राति १० बजेतिर ‘मेरो माया लाग्छ ?’ भनेर स्टाटस राखेका थिए । तर राति नै सो स्टाटस हटाइएको थियो । उनले कुन सन्दर्भमा किन यो स्टाटस राखेका थिए र पछि किन हटाए भन्ने स्पष्ट छैन । बालेनले प्रायः शुक्रबार वा शनिबार राति विभिन्न स्टाटस पोस्ट गर्दै आएका छन् ।
यस्ता स्टाटसमा उनले गाली र प्रशंसा दुवै पाउने गरेका छन् । ‘मेरो माया लाग्छ ?’ भनेर सोधिएको स्टाटसमा पनि भाइरल भएको थियो । दुई घण्टाको अवधिमै एक लाख ३० हजार रियाक्सन र ४२ हजार ३०० भन्दा बढी कमेन्ट थिए । कतिपयले सामाजिक सन्जाल प्रयोगकर्ताले उनको स्टाटस साभार गरेर आफ्नो फेसबुक वालमा समेत राखेका थिए । स्टाटसले मिश्रित प्रतिक्रिया पाएका थिए । केही प्रयोगकर्ताले श्रीमतीलाई लेखेको म्यासेज फेसबुक स्टाटसमा लेखेको भन्दै उनलाई कटाक्ष गरेका थिए ।
प्रतिक्रिया