काठमाडौं । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को नयाँ कार्यसमिति चयन भएको छ । आइतबार लुम्बिनीमा भएको अधिवेशनले अध्यक्षमा प्रेस चौतारी नेपालका पूर्व केन्द्रीय सचिव लक्की चौधरीलाई चयन गरेको छ । १५ जना पदाधिकारीमा अध्यक्ष, उपाध्यक्ष, महासचिव, तीन सचिव गरी प्रेस चौतारीका ६ जना चयन भएका छन् ।
वरिष्ठ उपाध्यक्षमा सरु राना, उपाध्यक्षहरूमा विश्वराज तामाङ, अन्जना सिल्पकार, अर्जुन जम्नेली राई, महासचिवमा समिर बलामी, सचिवहरूमा मिलन गाहा मगर, एमबी आस्था मगर, सन्दिप श्रेष्ठ, सुनिल महर्जन, लिला दरई, माया पालुहाङ, कोषाध्यक्षमा अर्जुन तामाङलगायत निर्वाचित भएका छन् ।
प्रदेश इञ्चार्जतर्फ मधेशमा शंकर श्रेष्ठ, बागमतीमा सुरेन्द्रभक्त श्रेष्ठ र गण्डकीमा रुद्रश्रीस मगर तथा केन्द्रीय सदस्यहरूमा बिनु चेम्जोङ, रत्ना गुरूङ, रिना आले, मन्जु तामाङ, अमीर लामा, अतीत योगहाङ, प्रदीपकुमार लेखीलगायत छन् ।
प्रतिक्रिया