प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । आज साँझ ६ बजे बालुवाटारमा बस्नेगरि बैठक बोलाईएको हो । मन्त्रिपरिषद् बैठकअघि प्रधानमन्त्री ओलीले प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल गरेका थिए ।
दुई नेताबीच सरकारलाई प्रभावकारी बनाउने विषयमा छलफल भएको बताईएको छ । पछिल्लो समय सरकारको निरन्तरताको विषयमा प्रश्न उठाउन थालिएपछि दुई नेता गम्भीर वार्तामा बसेका हुन् । आजको मन्त्रिपरिषद् बैठकमा आन्दोलनरत शिक्षक, चिकित्सक र गभर्नर नियुक्तिको विषयमा छलफल हुने बताईएको छ ।
प्रतिक्रिया