यू- १९ विश्वकप छनोटः हङकङविरुद्ध टस जितेर बलिङ गर्दै नेपाल


काठमाडौं । आइसीसी यू१९ विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गत लिग चरणको तेस्रो खेलमा नेपालले हङकङविरुद्ध टस जितेर बलिङ रोजेको छ । 

नेपालका कप्तान नरेन भट्टले टस जितेर पाहुना टोलीलाई ब्याटिङको निम्तो दिएका हुन् । नेपाली टोलीमा एक परिवर्तन गरिएको छ । बायाँ हाते मध्यम गतिका बलर दयानन्द मण्डलको स्थानमा बायाँ हाते स्पिनर विपिन शर्माले प्लेइङ–११ मा स्थान पाएका छन् । नेपालले सुरुवाती दुई खेलमा यूएई र ओमानलाई पराजित गर्दै सुखद सुरुवात गरेको छ ।

नेपालको प्लेइङ–११ः

निरज कुमार यादव, साहिल पटेल, नरेन भट्ट (कप्तान), रोशन विक, सन्तोष यादव, दिलसाद अली, अशोक धामी, अभिषेक तिवारी, अपराजित पौडेल, युवराज खत्री, विपिन शर्मा ।