प्रहरीले निकाल्यो सहकारी ठगीमा पक्राउ परेकी कांग्रेस सांसद माया राईको तस्बिर


काठमाडौं । नेपाल प्रहरीले स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको ठगी तथा संगठित अपराधसम्बन्धी कसुरमा फरार रहेकी कांग्रेस सांसद माया राईको तस्बिर सार्वजनिक गरेको छ ।

आइतबार जिल्ला अदालत काठमाडौंले अनुसन्धानका लागि तीन दिनको समय थप गरेसँगै प्रहरीले राईको तस्बिर सार्वजनिक गरेको हो । पक्राउ पुर्जी जारी भएको आठ महिनादेखि राई फरार रहँदै आएकी थिइन् । उनलाई शनिबार राति प्रहरीले चाबहिलबाट पक्राउ गरेको थियो ।

कालीमाटीको स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थामा राई सहसचिव थिइन् । उनको पालामा पनि सहकारीको करोडौं रकम हिनामिना भएको प्रहरीले जनाएको छ । सोही सहकारीको रकम गोर्खा मिडिया नेटवर्कमा लगेको आरोपमा रास्वपा सभापति रवि लामिछानेमाथि सहकारी ठगी र संगठित अपराधको कसुर लगाइएको छ । राईलाई पनि सोही अभियोगमा पूरक उजुरीमा अनुसन्धान थालिने प्रहरीको भनाइ छ । राई भोजपुरकी हुन् । उनी कांग्रेसमा समानुपातिक सांसद हुन् ।