काठमाडौं – सरकारसँग सहमति भएपछि समीक्षा गर्न नेपाल शिक्षक महासंघले बैठक आह्वान गरेको छ । महासंघले बिहीबार दिउँसो बानेश्वरमा रहेको रत्नराज्य माविमा बैठक बोलाएको हो ।
सरकारसँग नौबुँदे सहमतिपछि महासंघले आजैदेखि आन्दोलनका कार्यक्रम स्थगित गरिसकेको छ । तर नेपाल विद्यालय कर्मचारी परिषद्ले सरकार र नेपाल शिक्षक महासंघबीच भएको सहमति अस्वीकार गरेको छ। परिषद्ले आज विज्ञप्ति जारी गर्दै शिक्षक महासंघले गरेको सम्झौता अस्वीकार गरेको हो।
फिर्ता गरिएको आन्दोलनको कार्यक्रमको विषयमा पूर्णरूपमा असहमति रहेको जनाउँदै परिषद्को संस्थागत धारणा बाहेकको सहमतिको भत्र्सना गरेको छ । साथै, थप कार्यक्रम समीक्षा बैठकपश्चात् कार्यक्रमहरु सार्वजनिक गरिने परिषदले जनाएको छ ।
प्रतिक्रिया