काठमाडौँ । परराष्ट्र मन्त्रालयले नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह (ईपीजी) को प्रतिवेदन पूर्वसहमतिअनुसार दुवै देशका प्रधानमन्त्रीसमक्ष पेस गर्ने अपेक्षा कायमै रहेको जनाएको छ ।
शुक्रबार नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले नेपाल पूर्वसहमतिअनुसार नै अघि बढ्ने स्पष्ट पारे । ईपीजी प्रतिवेदनको साँचो नेपाली टोलीका संयोजक भेषबहादुर थापाले गत जेठ २१ गते परराष्ट्र सचिवलाई बुझाइसकेको उनले जानकारी दिए ।
पूर्वसहमतिअनुसार प्रतिवेदन पहिले भारतका प्रधानमन्त्री र त्यसपछि नेपालका प्रधानमन्त्रीसमक्ष पेस गर्ने कार्यतालिका रहेको उनको भनाइ छ । भारतीय विदेश सचिवले प्रतिवेदन असान्दर्भिक भइसकेको टिप्पणी गरेपछि यसबारे नेपालको धारणा माग हुँदै आएको थियो ।
प्रवक्ता क्षेत्रीले ईपीजी गठनको मूल उद्देश्यअनुसार द्विपक्षीय विषयमा संयुक्त रूपमा काम अघि बढाउनुपर्ने नेपालको विश्वास रहेको बताए । अहिले सरकारको ध्यान प्रधानमन्त्री बालेन शाहको भारत भ्रमणका क्रममा जारी ‘ज्वाइन्ट भिजन डकुमेन्ट’ कार्यान्वयनमा केन्द्रित रहेको पनि उनले स्पष्ट पारे ।

















प्रतिक्रिया