उदयपुरको कटारीमा जिप दुर्घटना हुँदा कानुन अधिकृतको मृत्यु


मदन भण्डारी राजमार्ग अन्तर्गत उदयपुरको कटारी नगरपालिका–६ सोमबारेमा जिप दुर्घटना हुँदा एकजना कानुन अधिकृतको मृत्यु भएको छ ।

मृत्यु हुनेमा झापाको दमक नगरपालिकामा कार्यरत न्यायिक समितिका कानुन अधिकृत ५५ वर्षीय माधव बस्नेत छन् । उनको कटारी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

चितवनबाट झापातर्फ गइरहेको मे १ च ३०४० नम्बरको स्कार्पियो जिप बिहीबार साँझ दुर्घटना भएको थियो । सो दुर्घटनामा ६ जना घाइते भएका छन् ।

घाइतेहरुलाई विराटनगरको न्यूरो अस्पताल उपचार भइरहेको छ । उनीहरुको अवस्था सामान्य रहेको अस्पताल स्रोतले जनाएको छ  ।