काठमाडौं । बागमती प्रदेशले बुधबार प्रदेशभरि सार्वजनिक बिदा दिएको छ । कामकाजको भाषा दिवसको अवसरमा प्रदेश सरकारले १३ वटै जिल्लामा बिदा दिने निर्णय गरेको हो । तर काठमाडौं महानगरपालिकाले प्रदेशले सार्वजनिक बिदा दिए पनि विद्यालय खोल्न सूचना जारी गरेको छ ।
महानगरले बुधबार विद्यालय बन्द भए पनि कक्षा ८ को ग्रेड वृद्धि परीक्षालगायतका पूर्वनिर्धारित परीक्षाहरु सञ्चालन गर्न निर्देशन दिएको छ ।

प्रतिक्रिया