प्रचण्डलाई कटाक्ष गर्दै गोकुलले संसदमा भने– महँगो रेस्टुरेन्टमा पार्टी खाएर ढुन्मुनिने संस्कार विकास भएछ


काठमाडौं । एमाले सांसद गोकुल बाँस्कोटाले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि सदनमै कटाक्ष गरेका छन् । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा उनले माओवादीमा दिउँसो जनवादी बिहे, बेलुका सबैभन्दा महँगो रेस्टुरेन्टमा पाटी खाएर ढुन्मुनिने संस्कार विकास भएको टिप्पणी गरे र्।

प्रचण्ड लाकुरीभञ्ज्याङस्थित टेरेस रिसोर्टको शौचालयमा लडेर घाइते भएको समाचार सार्वजनिक भएपछि बाँस्कोटाको यस्तो टिप्पणी सार्वजनिक भएको हो । ‘अहिले अभ्यास यस्तो भएको छ, दिउँसो जनवादी बिहे, बेलुका सबैभन्दा महँगो रेस्टुरेन्टमा पार्टी खाएर ढुन्मुनिने । यस्तो संस्कारबाट आएका नेताहरूको आँखै फरक हुन्छ,’ उनले भने ।

दलीय व्यवस्थामा सबैका बाध्यता हुने उनको भनाइ छ । ‘म हुँदा चाहिँ के हुन्थ्यो तेस्रो आँखा खोलेर हेर्थे भन्ने कुरा चाहिँ सत्तामा नहुँदा भन्ने कुरा हो । हुँदा तेस्रो आँखा खुल्दैन । सत्तामा हुँदा सत्ताको आँखा खुल्छ, प्रतिपक्षमा हुँदा प्रतिपक्षको आँखा खुल्छ,’ उनले भने । बास्कोटाले कांग्रेस र एमालेका मन्त्रीहरूको कडा आलोचना गरे । मन्त्रीहरूसँग भेट्न गाह्रो हुने, फोन नउठाउने भन्दै उनले भने, ‘अन्तिम पटक मन्त्री भएको जस्तो देखियो । भोलि सरकार ढलेका दिन सांसदकै कुर्सीमा बस्नुपर्छ भन्ने कुरा हेक्का राख्नु ।