काठमाडौं । एमालेबाट बहिर्गमित नेता भीम रावलले सरकारले पछिल्लो समय लिएको नीतिबारे कडा आपत्ति जनाएका छन् । उनले केही दिनयता सार्वजनिक भएका केही तथ्यले देशमा कस्तो शासन भएको पुष्टि गर्छन् त भन्दै यो शासन वा कुशासन के हो ? भनी सोधेका छन् ।
नेता रावलले ६ बुँदे माग अघि सार्दै सरकारसँग त्यसको जवाफ खोजेका छन् । सर्वोच्च अदालतको समेत निर्णयको अवज्ञा गर्दै नुनको कारोबार नेशनल ट्रेडिङबाट खोसेर केपी ओली नेतृत्वको गठबन्धन सरकारले मोती दुगडलाई दिँदै, वित्त घाटा झण्डै दुई खर्ब रुपैयाँ पुगेको अर्थात् आम्दानी र खर्च बीचको खाडल दुई खर्ब ११ अर्ब ५५ करोड रुपैयाँ, राजस्व १४ खर्ब उठाउने भनेकोमा हालसम्म नौ खर्ब मात्र उठेको र वैदेशिक अनुदान लक्ष्यको २४ प्रतिशत मात्र प्राप्त भएको उल्लेख गरेका छन् ।
‘कर्मचारीको ७५ प्रतिशत सरुवा अनियमित रुपमा गरिएको, स्वास्थ्य बीमा कार्यक्रममा सामान्य जनताको उपचार गर्न सहज तुल्याउनुको साटो विपन्न जनताको रकम लिने तर उपचार उपलब्ध नगराउने कार्य गरिएको, गठबन्धन सरकार बनेको केही दिनमा धितोपत्र कारोबार बढेकोमा प्रधानमन्त्री केपीले ूशेयर बजार मात्र होइन, अब अर्थतन्त्रमा नै हरियाली छाउँछ भन्नु भएको थियो । तर अर्थतन्त्रको अवस्था कस्तो भइरहेछ भन्ने माथिका केही तथ्यले देखाउँछ भने हाल धितोपत्र बजार पौने ८३ अर्बले घटेको, नेप्से परिसूचक घटेर २६०० विन्दुमा पुगेको छ । यही सरकारको पालामा एकजना मारवाडी व्यापारीले केही कम्पनीको धितोपत्र आफैले महंगोमा किन्दै त्यसको मूल्य बढाएर झुक्याएको समाचार पनि पढियो,’ रावलले भनेका छन् ।
प्रतिक्रिया