नबिल बैंकको सीईओमा मनोज ज्ञवाली नियुक्त


काठमाडौं – नबिल बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा मनोज ज्ञवाली नियुक्त भएका छन् । बिहीबार बसेको नबिल बैंक सञ्चालक समितिको बैठकले ज्ञवालीलाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।

ज्ञवालीको कार्यकाल चार वर्षको हुनेछ । गत चैत १० गते सीईओ ज्ञानेन्द्रप्रसाद ढुंगानाले पदबाट राजीनामा दिएपछि चैत १३ मा बसेको कम्पनीको सञ्चालक समिति बैठकले ज्ञवालीलाई कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिएको थियो । उनी नबिलका वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत थिए ।

नेपाल राष्ट्र बैंकमा समेत काम गरेको अनुभव भएका उनी चार्टर्ड एकाउन्टेन्ससमेत हुन । पछिल्लो समय वित्तीय विश्लेषकका रुपमा समेत चर्चित रहेका ज्ञवाली ज्योति विकास बैंकको प्रमुख कार्यकारी अधिकृत पद छोडेर नबिल बैंक प्रवेश गरेका थिए ।
नबिलमा नायब महाप्रबन्धक, महाप्रबन्धक, नायब प्रमुख कार्यकारी अधिकृत, कायम मुकायम प्रमुख कार्यकारी अधिकृत हुँदै ज्ञवानी सीईओ बनेका हुन् ।