लक्ष्मण सुनारको ‘कल्ली’ मा सौगात मल्लको खतरनाक लुक्स


काठमाडौं । अभिनेता सौगात मल्ल जस्तोसुकै भूमिकामा फिट हुन सक्ने कलाकारमा पर्छन् । चाहे डार्क कमेडी जनरा होस् वा एक्सन प्रधान चलचित्र सौगातले आफूले पाएको भूमिका मज्जाले निभाउने गरेका छन् ।

२०८२ सौगातका लागि ‘लूट’ पछि सम्झनायोग्य वर्ष भन्ने संकेत देखिएको छ । सन्तोष सेनले निर्माण र निर्देशन गरेको ‘बलिदान’मा रुद्राको क्यारेक्टरलाई लिएर अहिले बजार तातिरहेका बेला चलचित्र ‘कल्ली’ मा सौगात मल्लको पहिलो लुक्सले सनसनी मच्चाएको छ । आगामी फागुन १ गते प्रदर्शन हुने ‘कल्ली’ लाई लक्ष्मण सुनारले निर्देशन गरेका छन् । चलचित्रका निर्मातामा किरण नेपाली छन् ।

निर्देशक सुनारका अनुसार ‘कल्ली’ को अहिले लगभग ७५ प्रतिशत पोस्ट प्रोडक्सनको काम सकिएको छ । ‘चलचित्रले दर्शकलाई निराश गर्ने छैन भन्ने पक्का छौ। चलेको धारभन्दा हल्का फरक प्रयास गरेका छौ। रिलिज मिति केही हेरफेर गरेका छौ, सिनेमाघरमा चल्ने दिन फागुन १ बाट विश्वभर एकसाथ,’ सुनारले भने ।