बजेटको विरोधमा कांग्रेस सांसद बजगाईं संसद्को बाल्कोनीमा

864
Shares

काठमाडौं- सत्तारुढ नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईंले बजेटप्रति असन्तुष्टि जनाउँदै आइतबारको प्रतिनिधिसभा बैठकमा संसद्को दर्शक दीर्घामा पुगेर विरोध जनाएका छन्।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले गोरखा जिल्लालाई आवश्यक बजेट विनियोजन नगरेको भन्दै सांसद बजगाईं विरोधस्वरूप आफ्ना जिल्लावासीसहित दर्शक दीर्घामा गएर केही समयसम्म उभिएका थिए।

हाजिरी दिएपछि उनी दर्शक दीर्घातर्फ गएका थिए र केही समयपछि पुनः सांसदका लागि तोकिएको सभाकक्षमा फर्किएका छन्।