चलचित्र “मैझारो” प्रचारमा व्यस्त टिम, सांगीतिक कार्यक्रमदेखि अटो यात्रासम्म


कार्तिक ७ गते (भाइटिकाको भोलिपल्ट) देखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘मैझारो’ ले प्रचारप्रसारलाई तीव्र बनाएको छ। निर्देशक तथा निर्माता विल्सन विक्रम राई नेतृत्वको टिमले पूर्वका विभिन्न शहरमा सांगीतिक कार्यक्रम र रोड–प्रमोशन गर्दै चलचित्रको माहोल ताताएको छ।

धरानमा आयोजित भव्य कन्सर्टमा हजारौं दर्शकको सहभागिता रह्यो भने आज असोज २५ गते झापाको बिर्तामोड मुक्तीचोकमा सांगीतिक प्रस्तुति हुने भएको छ। ‘राई इज किङ’का राजेश पायल राई, अनमोल गुरुङ लगायत कलाकारहरूले पनि लाइभ प्रस्तुति दिनेछन्।

निर्देशक राईका अनुसार, “दर्शकलाई मनोरञ्जनका साथ चलचित्रको जानकारी दिन यो नौलो प्रचार विधि अपनाइएको हो।”
उनकै लगानी र लेखनमा बनेको यो चलचित्रले मौलिक प्रेमकथा प्रस्तुत गर्नेछ।

चलचित्रमा धिरज मगर, मिरुना मगर, दिया पुन, सुनिल थापा, बुद्धि तामाङ लगायतका कलाकारको अभिनय छ।