ग्याङ्स्टर जनराको ‘पारी बुटोल’को दमदार टिजर सार्वजनिक, यथार्थपरक कथाले बनायो जीवन्त


काठमाडौं – ग्याङ्स्टर जनराको चलचित्र ‘पारी बुटोल’को दमदार टिजर सार्वजनिक भएको छ। गणेश देव पाण्डेको निर्देशनमा बनेको फिल्मको टिजरमा मुख्य पात्रहरूलाई प्रभावशाली लुक्समा प्रस्तुत गरिएको छ।

निर्देशक पाण्डेका अनुसार ‘पारी बुटोल’ केवल ग्याङ्स्टर कथा मात्र नभई युवाहरूको संघर्ष, परिवार र सफलताको यात्रालाई यथार्थपरक ढंगले देखाउने प्रयास हो। बुटवलका वास्तविक स्थानहरूमा छायाङ्कन गरिएको फिल्मले लोकल परिवेशलाई जीवन्त बनाएको छ।

चलचित्रमा अनुप बराल, दिया मास्के, कामेश्वर चौरासिया, दिव्य देवलगायत कलाकारहरूको अभिनय रहेको छ। करिब १ हजार अडिसनबाट कलाकार छनोट गर्दै लामो वर्कसपपछि फिल्म छायाङ्कन गरिएको निर्माण टिमले जनाएको छ।