काठमाडौं – अभिनेता विपिन कार्कीको मुख्य भूमिका रहेको सिनेमा ‘काजी’को प्रदर्शन मिति घोषणा गरिएको छ। आइतबार प्रिभ्यू सार्वजनिक गर्दै आगामी जेठ ८ गतेलाई रिलिज डेट तय गरिएको हो।
सिनेमा ‘काजी’लाई क्लासिक लभस्टोरीका रूपमा प्रस्तुत गरिएको छ। विपिनले यसलाई आफ्नो अघिल्लो फिल्मजस्तै दर्शकका लागि सरप्राइज बन्ने विश्वास व्यक्त गरेका छन्। केकी अधिकारीले कजिनी पात्र निभाएकी छन्।
लक्ष्मण रिजालको निर्देशनमा बनेको फिल्ममा गरिमा शर्मा, प्रकाश घिमिरे, हेमन्त बुढाथोकीलगायत कलाकारहरूको अभिनय रहेको छ। फिल्मलाई जेठ ८ गते देशभर प्रदर्शन गर्ने तयारी गरिएको छ।












प्रतिक्रिया