काठमाडौं – चलचित्र ‘मालती मंगले’को ट्रेलर सार्वजनिक गरिएको छ। ललितपुरस्थित लबिम मलको क्युएफएक्स सिनेमाजमा आयोजित कार्यक्रममा ट्रेलर सार्वजनिक गरिएको हो।
विजय बराल, वर्षा राउत र मेक्सम गौडेल अभिनीत यस फिल्मले प्रेम, पारिवारिक खटपट र सामाजिक यथार्थलाई प्रस्तुत गरेको छ। ट्रेलरमा मालती र मंगलेबीचको सम्बन्ध, त्यसमा आउने उतारचढाव तथा समाजको विभेदकारी सोचलाई देखाइएको छ।
प्रकु पाण्डेय निर्देशित यो चलचित्र आगामी वैशाख २५ गते देखि प्रदर्शनमा आउनेछ।














प्रतिक्रिया