काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा विरुद्ध ‘रेड कर्नर नोटिस’ जारी गर्न नेपाल प्रहरीले प्रक्रिया अघि बढाएको छ। सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका क्रममा नेपाल प्रहरी अन्तर्गतको इन्टरपोल शाखा (एनसीबी नेपाल) ले इन्टरपोल मुख्यालयलाई आवश्यक कागजातसहित अनुरोध पठाएको जनाएको छ।
प्रहरी स्रोतका अनुसार हाल हङकङ मा रहेका देउवालाई नियन्त्रणमा लिएर नेपाल ल्याउने उद्देश्यले प्रक्रिया अगाडि बढाइएको हो। आवश्यक कागजातहरू मुख्यालय पठाइसकिएको भए पनि हालसम्म इन्टरपोलबाट आधिकारिक प्रतिक्रिया आएको छैन, जसका कारण रेड नोटिस जारी भएको हो वा होइन भन्ने विषयमा अन्योल कायम रहेको बताइएको छ।
देउवा चुनावअघि नै आफ्नी पत्नीसहित विदेश गएका थिए र सिंगापुर हुँदै हङकङ पुगेका थिए। अब उनको नेपाल फिर्तीको प्रक्रिया इन्टरपोलको निर्णयमा निर्भर रहने देखिएको छ।














प्रतिक्रिया