आइजीपी कार्की द्वारा पर्सा जिल्ला प्रहरी परिसरमा नवनिर्मित भवनको उद्घाटन


पर्सा । नेपाल प्रहरीका आइजीपी दान बहादुर कार्की द्वारा पर्सा जिल्ला प्रहरी परिसरमा नवनिर्मित महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र भवनको उद्घाटन गरिएको छ।

नेपाल प्रहरी अन्तर्गत जिल्ला प्रहरी कार्यालय पर्सा परिसरमा निर्माण सम्पन्न उक्त भवन उद्घाटन कार्यक्रममा प्रमुख अतिथिका रूपमा प्रहरी महानिरीक्षक कार्की सहभागी हुनुभएको थियो।

नवनिर्मित सेवा केन्द्र सञ्चालनमा आएपछि महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसँग सम्बन्धित सेवा प्रवाहलाई थप सहज, सुरक्षित र प्रभावकारी बनाउने अपेक्षा गरिएको प्रहरीले जनाएको छ।