साफ च्याम्पियनसिप २०२६ का लागि एञ्जिला तुम्बापो सुब्बाको कप्तानीमा टोली घोषणा


काठमाडौं l साफ च्याम्पियनसिप २०२६ का लागि नेपाली महिला राष्ट्रिय फुटबल टोली घोषणा गरिएको छ। एञ्जिला तुम्बापो सुब्बा को कप्तानीमा प्रमुख प्रशिक्षक नवीन न्यौपाने ले २३ सदस्यीय टोली सार्वजनिक गरेका हुन्।

राखेपले शुक्रबार एन्फामाथि लगाएको निलम्बन फुकुवा गरेसँगै नेपालले साफ च्याम्पियनसिप खेल्ने निश्चित भएको हो। नियमित कप्तान सावित्रा भण्डारी घुँडाको चोटका कारण पुनर्स्थापनाको प्रक्रियामा रहेकाले एञ्जिलाले कप्तानीमा पुनरागमन गरेकी छन्।

नेपाल समूह ‘ए’ मा रहेको छ, जहाँ नेपालसँगै श्रीलंका र भुटान रहेका छन्।

नेपालको टोली:

गोलकिपर: एञ्जिला तुम्बापो सुब्बा, अन्जना राना मगर, उषा नाथ

डिफेन्डर: गीता राना मगर, पुना राना, विमला विक, हिरा कुमारी भुजेल, प्रतिक्षा चौधरी, समीक्षा घिमिरे, निशा थोकर, सबिना चौधरी

मिडफिल्डर: रेनुका नगरकोटी, दिपा शाही, प्रिती राई, सरु लिम्बु, बिर्सना चौधरी, अनिता बस्नेत, अनिता लम्जेल, अनिता केसी

फर्वाड: रश्मि घिसिङ, रेखा पौडेल, पूर्णिमा राई, मिना देउवा

टोलीले साफ च्याम्पियनसिपमा उपाधिको लक्ष्यसहित प्रतिस्पर्धा गर्नेछ।