दिपेन्द्र सिंह एरीको कप्तानीमा एसियन क्वालिफायरका लागि नेपाली टोली घोषणा


काठमाडौं l नेपाल क्रिकेट संघ (क्यान) ले आगामी एसियन क्वालिफायर प्रतियोगिताका लागि नेपाली राष्ट्रिय क्रिकेट टोली घोषणा गरेको छ। टोलीको कप्तानी दीपेन्द्र सिंह ऐरीलाई दिइएको छ।

घोषित टोलीमा रोहित पौडेल, सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ शेख, सुन्दीप जोरा, कुशल मल्ल, लोकेश बम, सोमपाल कामी, शेर मल्ला, नन्दन यादव, आरिफ शेख, करण केसी र शाहब आलम समावेश छन्।

युवा तथा अनुभवी खेलाडीहरूको सन्तुलित मिश्रण रहेको टोलीबाट प्रतियोगितामा उत्कृष्ट प्रदर्शनको अपेक्षा गरिएको छ। कप्तान दीपेन्द्रको नेतृत्वमा नेपालले बलियो चुनौती प्रस्तुत गर्ने विश्वास गरिएको छ।