सरकारले आगामी वर्ष करिब एक खर्बको काठ बेच्ने


काठमाडौं । सरकारले आगामी वर्ष करिब एक खर्बको काठ बेच्ने लक्ष्य राखेको छ । जारी प्रतिनिधिसभाको बैठकमा कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले यस्तो जानकारी दिएकी हुन् ।

यसले नेपाली बजारको माग मात्रै पूरा नगरी विदेश निर्यात हुने उनको विश्वास छ । साथै, नेपाल काठमा पूर्ण आत्मनिर्भर पनि हुने उनले बताइन् ।