काठमाडौं l एसियन गेम्स छनोट प्रतियोगिताको सेमिफाइनलमा टस जितेर पहिले ब्याटिङ गरेको ओमान लाई नेपाल ले ९४ रनमै समेटेको छ।
सुरुआतदेखि नै नेपाली बलरहरूले कसिलो बलिङ गर्दै ओमानमाथि दबाब बनाएका थिए। पावरप्लेमै तीन विकेट गुमाएको ओमानले त्यसपछि पनि लय समात्न सकेन। नियमित अन्तरालमा विकेट गुमाउँदा ओमानी ब्याटरहरू ठूलो साझेदारी निर्माण गर्न असफल भए।
नेपाली बलरहरूले अनुशासित लाइन र लेन्थमा बलिङ गर्दै विपक्षी टोलीलाई खुलेर खेल्ने अवसर दिएनन्। फलस्वरूप ओमानको पूरा टोली ९४ रनमा समेटियो।
अब नेपालले फाइनल प्रवेशका लागि ९५ रनको सामान्य लक्ष्य पछ्याउनेछ। नेपाली ब्याटरहरूले आफ्नो स्वाभाविक खेल प्रदर्शन गर्न सके नेपाल फाइनल नजिक पुग्ने अपेक्षा गरिएको छ।

















प्रतिक्रिया