काठमाडौँ । नेपाली बजारमा साताको दोस्रो दिन आज (सोमबार) पनि सुनको मूल्यमा गिरावट आएको छ भने चाँदीको मूल्य सामान्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको तुलनामा सोमबार सुनको मूल्य प्रतितोला ९०० रुपैयाँले घटेर सोमबार सुनको मूल्य प्रतितोला दुई लाख ९९ हजार ९०० रुपैयाँ तोकिएको छ। आइतबार सुन प्रतितोला तीन लाख ८०० रुपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी, चाँदीको मूल्यमा भने सोमबार प्रतितोला १० रुपैयाँको वृद्धि भएको छ। आइतबार प्रतितोला चार हजार ८९५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य सोमबार बढेर चार हजार ९०५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

















प्रतिक्रिया