नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व गोलकिपर विशाल उपाध्यक्षमा नियुक्त


काठमाडौं l राष्ट्रिय खेलकुद परिषद् (राखेप) को रिक्त उपाध्यक्ष पदमा नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व गोलकिपर विशाल श्रेष्ठ नियुक्ति भएको छन् l

२ वर्षअघि अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिएका विशालले आज मात्र समग्र खेल करिअरबाट नै विश्राम लिएको घोषणा गरेका छन् ।

यस्तै सदस्य पदमा पूर्व क्रिकेटर शक्ति गौचन, चेसकी मोनालिसा खम्बु, टेबल टेनिसकी सिक्का सुवाल र फुटबलर पवन शाही नियुक्त हुने भएका छन् ।

शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले मन्त्रिपरिषदको निर्णय अनुसार बुधबार श्रेष्ठलाई राखेपको उपाध्यक्ष नियुक्त गरेको राखेप सदस्य सचिव जानकारी दिए ।