स्कटल्याण्डविरुद्ध मैदानमा नेयमार उत्रिने पक्का !


काठमाडौं । ब्राजिलका स्टार फरवार्ड नेयमार फिफा विश्वकप २०२६ अन्तर्गत स्कटल्याण्डविरुद्धको महत्वपूर्ण खेलका लागि टोलीमा फर्किने भएका छन्।

हाइटीमाथि ३–० को जितपछि ब्राजिलका मुख्य प्रशिक्षक कार्लो एन्सेलोटीले जानकारी दिँदै भने, “नेयमारले शनिबार व्यक्तिगत रूपमा प्रशिक्षण गर्नेछन्। त्यसपछि टोलीसँग प्रशिक्षणमा सामेल हुनेछन् र स्कटल्याण्डविरुद्धको खेलका लागि तयार हुनेछन्।”

पिँडुलाको चोटका कारण विश्वकपका सुरुआती खेलहरू गुमाएका नेयमारको पुनरागमन ब्राजिलका लागि ठूलो राहत मानिएको छ। ब्राजिल हाल समूह ‘सी’मा अगाडि बढ्ने दौडमा रहेको छ र स्कटल्याण्डविरुद्धको खेल दुवै टोलीका लागि निर्णायक हुन सक्छ।