धनगढीको एयरपोर्ट चोक नजिक आइतबार साँझ भएको सवारी दुर्घटनामा चर्चित नेपाली अभिनेता बिराज भट्टका सहोदर दाजु चेतराज भट्टको निधन भएको छ।
गोदावरी नगरपालिका–५ निवासी ६५ वर्षीय भट्ट सवार म १ प ५२४ नम्बरको मोटरसाइकललाई सुपप्र ०२००१ ज ०६९३ नम्बरको ईभी हाइसले ठक्कर दिएको थियो।
दुर्घटनामा गम्भीर घाइते भएका भट्टलाई उपचारका लागि मायामेट्रो अस्पताल लगिएको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ। चेतराज भट्टको निधनसँगै परिवार तथा आफन्त शोकमा डुबेका छन्।

















प्रतिक्रिया