फिफा । विश्व फुटबलका महान खेलाडी लियोनल मेस्सीले फेरि एकपटक इतिहास रचेका छन्। अस्ट्रियाविरुद्ध दुई गोल गर्दै उनले फिफा विश्वकप इतिहासमा १७ गोलको कीर्तिमान कायम गरेका छन्। यससँगै उनले जर्मनीका मिरोस्लाभ क्लोजेको १६ गोलको कीर्तिमान तोड्दै विश्वकपका सर्वाधिक गोलकर्ता बन्न सफल भएका छन्।
यसअघि अल्जेरियाविरुद्ध ह्याट्रिक गर्दै क्लोजेको कीर्तिमानसँग बराबरी गरेका मेस्सीले अस्ट्रियाविरुद्धको खेलमा गोल गर्दै नयाँ इतिहास आफ्नो नाममा लेखाएका हुन्। साथै, उनी विश्वकपको छैटौँ संस्करण खेल्ने विश्वकै पहिलो पुरुष खेलाडीसमेत बनेका छन्।
३८ वर्षको उमेरमा पनि उत्कृष्ट लयमा रहेका मेस्सीले जारी विश्वकपमा पाँच गोल गरिसकेका छन्। उनको प्रेरणादायी प्रदर्शनकै मद्दतमा अर्जेन्टिनाले अस्ट्रियालाई २–० ले पराजित गर्दै नकआउट चरणमा स्थान सुरक्षित गरेको छ।
विश्व फुटबलमा ‘ग्रेटेस्ट अफ अल टाइम (GOAT)’ को बहस चलिरहेकै बेला मेस्सीले अर्को ऐतिहासिक उपलब्धि हासिल गर्दै आफ्नो महानतालाई थप मजबुत बनाएका छन्। उनका कीर्तिमानहरूले फुटबल इतिहासमा नयाँ अध्याय थपिरहेका छन्।

















प्रतिक्रिया